गृहपृष्ठ बैंगलोरमा भवन भासिँदा एकै परिवारका ३ नेपालीको मृत्यु
बैंगलोरमा भवन भासिँदा एकै परिवारका ३ नेपालीको मृत्यु
भारतको बैंगलोरमा एक भवन भासिँदा तीन जना नेपालीको ज्यान गएको छ ।
घटनामा बझाङको थलारा गाउँपालिका–२ बगाडाका एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो । बैंगलोरको शिवनगरस्थित साइ आदि अम्बल अपार्टमेन्टमा कार्यरत सुरक्षागार्ड २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्का रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भासिएको भवनबाट १२ घण्टापछि ५ जनाको शव निकालिएको बताइएको छ ।
प्रकाशित समय ११:५२ बजे

















