गृहपृष्ठ सिड्नी पुग्यो नेपथ्य

सिड्नी पुग्यो नेपथ्य

nepathya-sidny

शनिबारको सांगीतिक प्रस्तुतिका लागि नेपाली लोकरक सांगीतिक ब्यान्ड नेपथ्य टोली सिड्नी पुगेको छ । शनिबार सिड्नीमा आयोजना हुने विशेष सांगीतिक कार्यक्रमका लागि अन्य सहरको प्रस्तुति सकेर नेपथ्यको टोली सिड्नी पुगेको हो ।

सिड्नी पुगेका नेपथ्य ब्यान्डका प्रमुख गायक अमृत गुरुङले बुधबार आयोजक, प्रायोजक र प्रशासकसँग भेट गरिसकेका छन् । भेटका क्रममा आयोजक नेपाली टचले शनिबारको कार्यक्रममा अस्ट्रेलियाकै सबैभन्दा भव्य हुने दाबी गरेको छ ।

कार्यक्रम सिड्नीको हारबोर पुलको पूर्वीकिनारमा रहेको चर्चित लुना पार्कमा हुँदैछ । कार्यक्रममा करिब तीन हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ । नेपथ्यको यो पाँचौ अस्ट्रेलिया भ्रमण हो ।

प्रकाशित समय १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु