गृहपृष्ठ नयाँ दिल्लीमा ‘सुदूरपश्चिमेली युवा समाज’ गठन

नयाँ दिल्लीमा ‘सुदूरपश्चिमेली युवा समाज’ गठन

वैदेशिक रोजगारीको शिलसिलमा भारतको नयाँ दिल्लीमा कार्यरत सुदूरपश्चिमका युवाहरुले एउटा क्लब गठन गरेका छन् ।

सुदूरपश्रिमका ९ वटै जिल्लाहरुलाई समेट्दै भारतमा भएका नेपाली नागरिकसँगको सहकार्य र सुदूरपश्मिको संस्कृतिको जर्गेना गर्नका लागि युवाहरुको एक भेलाले ‘सुदूरपश्चिमेली युवा समाज’ नामक क्लब गठन गरेका हुन् ।

भारतको राजधानी नयाँ दिल्लीमा भएको भेलाले राजेन्द्र विष्टको अध्यक्षतामा १६ सदस्यीय कमिटी चयन गरिएको छ । क्लबको कार्यसमितिको महासचिवमा राजेन्द्र रोकाया ‘जिम्माल’ उपाध्यक्षमा गोरख परी, वरिष्ठ उपाध्यक्षमा सत्यदेवी थापा, सचिवमा दीपक खत्री, र कोषाध्यक्षमा प्रकाश साउद रहेका छन् ।,

त्यस्तै १६ जनालाई कार्यसमिति सदस्यमा चयन गरेको युवा समाजका महासचिव राजेन्द्र रोकायाले बताए ।

प्रकाशित समय १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु