गृहपृष्ठ इटाली र माल्टाको सामुद्रिक इलाकामा ४५० आप्रवासी अलपत्र

इटाली र माल्टाको सामुद्रिक इलाकामा ४५० आप्रवासी अलपत्र

italy-malta-newskarobar

माल्टा र इटालीबीच कसले जिम्मेवारी लिने र समुद्रमा फसेका आप्रवासी शरणार्थीलाई सहयोग गर्ने भन्ने निश्चित नहुँदा लिवियाबाट युरोप हिँडेका ४ सय ५० आप्रवासी शरणार्थी शनिबार समुद्रमा अलपत्र परेका छन् ।

शुक्रबार इटालीका दक्षिणपन्थी समूहका तर्फबाट गृहमन्त्री बनेका माटेओ साल्भिनीले आप्रबासी चढेको डुङ्गालाई आफ्नो इलाकामा प्रवेश गर्न नदिएपछि युरोपेली संघको सीमा क्षेत्रमा काम गर्ने निकाय (फ्रन्टेक्स)ले दुईवटा डुङ्गा उपलब्ध गराएको र डुङ्गा डुब्ने खतरालाई टारेको थियो ।

एउटै डुङ्गामा ठूलो सङ्ख्यामा रहेका शरणार्थीको सुरक्षालाई मध्य नजर गरी यात्रुहरूलाई दुई डुङ्गामा बाडिएको थियो । फ्रन्टेक्सले डुङ्गालाई दक्षिणतर्फ लिविया अथवा माल्टामा जान निर्देशन दिएको बताइएको छ ।

हामीले सर्वप्रथम समस्यामा परेका यात्रुलाई न्याय दिन, सम्मान गर्न र मानव तस्करविरुद्ध साहस दिन आवश्यक छ, त्यसपछि मात्र यूरोपेली कानून अनुसार अघि बढ्नु उचित हुनेछ ।

(रासस/एएफपी)

प्रकाशित समय ०७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु