गृहपृष्ठ नदिया लिवाङको ‘नदिया लहर’

नदिया लिवाङको ‘नदिया लहर’

 

अमेरिकाको न्युयोर्कमा बस्दै आएकी काठमाडौंकी नदिया लिबाङ आफ्नो पहिलो कविताकृति ‘नदिया लहर’ सहित नेपाली कविता क्षेत्रमा प्रवेश गरेकी छन् । गोर्खा बुक्स, काठमाडौंले छापेको नदियाको कृतिमा प्रेम, समाज–संस्कृति, सामाजिक विकृति–विसंगतिका साथै डायस्पोरा दुःख र नारीका विषयमा रचना गरिएका ५६ कलात्मक र मिठासपूर्ण कविता समाविष्ट छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, निबन्ध तथा समालोचना विभाग प्रमुख प्रा. डा. ज्ञानु पाण्डेले कवि नदिया प्रचुर काव्यचेत भएकी एक साहसी कवि हुन् भन्ने कुरालाई संग्रहले पुष्टि गरेको बताए । कृतिमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, कवि वैरागी काइँला, अमेरिकाकै रहेका कवि ज्योतिकुमार श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र सकुन ज्ञवाली, हङ्कङका देश सुब्बा र पोखराका आरजु विष्ट सल्यानीको शुभकामनाका साथै साहित्यकार दामोदर पुडासैनी किशोर र कवि तथा समालोचक सुरेश हाँचेकालीको विश्लेषणात्मक भूमिका छन् ।

(रासस)

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु