गृहपृष्ठ काठमाडौंमा पहिलो विश्व विज्ञ सम्मेलन

काठमाडौंमा पहिलो विश्व विज्ञ सम्मेलन

nrn-newskarobar

काठमाडौंमा पहिलो विबश्व विज्ञ सम्मेलन हुने भएको छ । गैर आवासीय नेपाली दिवसको अवसर पारेर गैर आवासीय नेपाली संघले विश्वभर छरिएर रहेका विज्ञहरुको सम्मेलन गर्ने भएको हो ।

सम्मेलन जसोज २६ देखि २८ सम्म हुनेछ । १ सय ६० वटा शीर्षकमा ३५० भन्दा बढी विज्ञहरुले छलफल गर्ने गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्टले जानकारी दिए । उनले भने, ‘विश्वभरी छरीएर रहेको सबै युवाहरुलाई मुलुकको विकासमा लागाउन र नेपालमा विश्वभरी छरिएर रहेको युवाको ज्ञान र सीपलाई प्रयोग गरी समृद्धी हासिल गर्न सहयोग पुग्नेछ ।’

गैर आवासीय नेपाली संघको आयोजनामा हुने उक्त सममेलनमा विधानमाथि पनि छलफल हुने आयोजकले जनाएको छ । २००३ मा स्थापना भएको गैर आवासिय नेपाली संघ बिश्व भरीमा ७९ देशमा शाखा कार्यलय रहेको छ ।

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु