गृहपृष्ठ अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो महाधिवेशन मंसिर २८ देखि
अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो महाधिवेशन मंसिर २८ देखि
अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो महाधिवेशन मंसिर २८ देखि पुस १ गतेसम्म दार्जिलिङमा हुने भएको छ । अन्तर्राष्ट्रिय तामाङ परिषदले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।
‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित महाधिवेशन गर्न लागिएको परिषदले जनाएको छ । सम्मेलनमा नेपालसहित भारत, कतार, जापान, अमेरिका, कुवेत, दक्षिण कोरिया, युएई, हङकङ, ओमान, बेल्जियम, साउदी, अष्ट्रेलिया, बेलायत, पोर्चुगल, बहराइन, मकाउ, थाइल्याण्ड, बर्मा, भुटानलगायतका देशहरुबाट सहभागी आउने आयोजकले जनाएका छन् ।
प्रकाशित समय १९:२४ बजे

















