गृहपृष्ठ अब जापानले पनि नेपाली कामदार लैजाने

अब जापानले पनि नेपाली कामदार लैजाने

Flag-Pins-Japan-Nepal

अब जापानले पनि नेपाली कामदार लैजाने भएको छ । जापानले नेपाललगायत ९ देशबाट कामदार लैजाने निर्णय गरेसँगै नेपाली कामदारका लागि जापान पनि रोजगारीको गन्तव्य बन्ने भएको हो ।

विभिन्न ९ देशबाट पहिलो ५ वर्षमा तीन लाख ४५ हजार कामदार लैजाने जापानको तयारी छ । मंगलबार बसेको जापानको मन्त्रीपरिषद् बैठकले नेपाललगायत चीन, इन्डोनेसिया, मंगोलिया, म्यान्मार, थाइल्यान्ड, फिलिपिन्स तथा भियतनामबाट कामदार लैजाने निर्णय गरेको हो ।

पहिलोपटक श्रम भिसामा अदक्ष विदेशी कामदार लैजान लागेको जापानले यी देशबाट लैजाने कामदारलाई नर्सिङ, उत्पादन, होटल, कृषि, माछापालन, खाद्यान्न उत्पादन तथा सेवालगायतका १४ औद्योगिक क्षेत्रमा रोजगारी दिने भएको छ । त्यसरी जापान जाने कामदारले कम्तिमा तीन लाख रूपैया कमाउने पनि जनाइएको छ ।

नेपाल पनि जापानमा कामदार पठाउन त तयार छ । तर, त्यसका लागि अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार श्रम सम्झैता गरेर मात्र पठाउन सम्वाद गर्दै आएको छ ।

प्रकाशित समय १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु