गृहपृष्ठ सहसचिव राई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा नियुक्त
सहसचिव राई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा नियुक्त
सरकारले संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिमा अमृत राईलाई नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव राई यसअघि दक्षीण अफ्रिकाको राजदूत थिए ।
दक्षीण अफ्रिकाको राजदूत रहेका राईलाई सरकारले केही दिन पहिले फिर्ता बोलाएको थियो । त्यसरी फिर्ता बोलाइएका राईलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त गरेको हो ।
प्रकाशित समय १३:४७ बजे

















