गृहपृष्ठ हात धोएर मात्र गाउँपालिका प्रवेश

हात धोएर मात्र गाउँपालिका प्रवेश

चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न बाहिर जिल्लाबाट आउनेलाई हात धोएर मात्र प्रवेश गर्न दिएको छ । गाउँपालिका भित्रिने नाकामा साबुनपानीसहित स्वास्थ्यकर्मी खटाइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार लकडाउनको समयमा पनि अत्यावश्यक काम विशेषले अन्यन्त्र जिल्लाबाट आउनेलाई हात धुन लगाइ कोरोना सचेतनासम्बन्धी परामर्श दिने गरिएको छ । ज्वरोलगायत सामान्य स्वास्थ्य परीक्षणसमेत गरिने र शंका लागे अस्पताल पठाइने छ ।

गाउँपालिकाले १० श्ययाको क्वारेनटाइन तयार गरिएको छ । वडा नं ४ कुरिनटारमा सात श्यया र वडा नं ५ मुग्लिनमा तीन श्ययाको क्वारेनटाइन तयार गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

उनले अहिले हालै विदेशबाट आएकाहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको र आवश्यक परे सबै वडामा क्वारेनटाइन बनाइने बताए । (रासस)

प्रकाशित समय १०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु