गृहपृष्ठ महामारीमा जनप्रतिनिधि : घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ
महामारीमा जनप्रतिनिधि : घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ
पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ । रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई टोलीले शनिबार बिहान रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० झिमझिमे भन्ने स्थानबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।
एक काठ व्यवसायीबाट तीन लाख रूपैयाँ बुझ्दै गरेका अवस्थामा नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
अभियुक्त पुनलाई आफ्नो वडामा रहेको काठ लिलाममा ती व्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेका अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको सूचना अधिकारी भुसालले बताए ।
प्रकाशित समय १३:३३ बजे

















