गृहपृष्ठ ट्रयाक्टरले खेत जोतिरहेका किसानको करेन्ट लागेर मृत्यु
ट्रयाक्टरले खेत जोतिरहेका किसानको करेन्ट लागेर मृत्यु
धनुषाको मिथिला बिहारी नगरपालिका- ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ट्रयाक्टरले खेत जोतिरहेका स्थानीय ५० वर्षीय चन्देश्वर साहको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
सिँचाइका लागि पानी तान्ने मोटर चलाउन खेतसम्म लगिएको विद्युतीय तार छुँदा साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ। मृतकको साहको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको ईलाका प्रहरी कार्यालय धनुषाधामका इन्स्पेक्टर सुमन थापाले बताए ।
प्रकाशित समय १३:५१ बजे

















