गृहपृष्ठ भारतबाट आएर क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

भारतबाट आएर क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

खप्तड छेडेदह गाउँपालिका- ७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो ।

गाउँमै रहेको मष्टा आधारभूत विद्यालय, बुढाबाडाको क्वारेन्टिनमा उनको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनलाई दमको रोगसमेत रहेको बुझिएको छ ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब स‌ंकलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए ।

प्रकाशित समय १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु