गृहपृष्ठ यारी नाका खोल्न माग गर्दै ज्ञापनपत्र

यारी नाका खोल्न माग गर्दै ज्ञापनपत्र

हुम्लाको यारी नाकालाई सुरक्षित र व्यवस्थित रुपमा खुला गर्नका लागि हुम्ला उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिएको छ । मानिसहरूको आवतजावतमा रोक लगाए पनि सामान आयात निर्यातका लागि उचित मापदण्ड नाका अपनाएर खोल्न संघको माग छ ।

संघले हुम्लाका व्यावसायीहरुको लगानी धरापमा पर्दै गएकोले उत्तरी यारी नाका र चीनको स्वशासित क्षेत्र तिब्बतको ताउलकोट बीचको व्यापारी नाका खुलाउन प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीमार्फत सरकारसँग माग गरेको हो । कोरोना महामारीको लामो समयसम्म हुम्लाको उत्तरी नाका यारी बन्द हुँदा स्थानीयस्तरमा आधारभूत आवश्यकताका वस्तुहरु अभाव हुन थालेको छ । हुम्लाबाट हुने अर्बौं रकमको कारोवारमा प्रत्यक्ष र अप्रत्यक्ष असर परेको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङले जानकारी दिएका छन् ।

हुम्लाको सीमा बजार व्यापार व्यवसायको लागि मात्र नभएर स्थानीय श्रमको उचित र राम्रो गन्तव्यस्थल भएकाले यहाँको बजारले हुम्लाको अर्थतन्त्र र आधारभूत आवश्यकताको आपूर्तिका लागि महत्वपूर्ण भूमिका खेलेको नेकपा केन्द्रीय सदस्य विजय भण्डारीको मत छ । नाकामा मानिसका लागि आवतजावतामा निषेध गरिए पनि सामान आपूर्तिका लागि सुरक्षा मापदण्ड अपनाएर खोल्नका लागि आवश्यक पहल गर्नुपर्ने उनले बताए ।

सात महिनादेखि यो नाका बन्द हुँदा विकास निर्माणका कामदेखि दैनिक उपभोग्य सामग्रीहरु आपूर्तिमा असहज भएको छ ।

प्रकाशित समय १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु