गृहपृष्ठ अधिकांश मृतक र घाइते भारतमा पेन्सन बुझेर घर फर्कंदै गरेका ज्येष्ठ नागरिक
अधिकांश मृतक र घाइते भारतमा पेन्सन बुझेर घर फर्कंदै गरेका ज्येष्ठ नागरिक

बैतडी जिप दुर्घटनाका मृतक र घाइने सबैको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जिप दुर्घटनामा परी मृत्यु भएका ५ र घाइते ५ जनाको पहिचान खुलेको हो । दुर्घटनाका अधिकांश मृतक र घाइते भारतमा पेन्सन बुझेर घर फर्कंदै गरेका ज्येष्ठ नागिरक रहेका छन् ।
मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका- ४ की ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका- ५ का ७७ वर्षीय भगिरथ पाण्डेय, सोही स्थानकी ७० वर्षीया पार्वती देवी चन्द, दशरथचन्द नगरपालिका- २, देहीमाण्डौंका ५८ वर्षीय कृष्ण लाबड र दशरथचन्द नगरपालिका- ५, बस्कोटकी ७२ वर्षीया पार्वती चन्द रहेका छन् ।
दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका- ९ का ४६ वर्षीय खगेन्द्रप्रसाद जोशी, सोही नगरपालिका वडा नम्बर २, देहीमाण्डौंका २२ वर्षीय प्रदिप लावड, वडा नम्बर ५ का ३५ वर्षीय रबिन्द्र चन्द र दोगडाकेदार गाउँपालिका ६ का ५० वर्षीय कृष्णानन्द भट्ट घाइते भएको प्रहरीले जनाएको छ । जिपका चालक बैतडी दशरथचन्द नगरपालिका- ४ का ४० वर्षीय गोपाल सिंह कार्की पनि दुर्घटनामा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
आज दिउँसो १:४० बजेतिर झुलाघाटबाट घोठलापानीतर्फ आउँदै गरेको ना. १ ज २१९६ नम्बरको जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ ।
प्रकाशित समय १७:१७ बजे