गृहपृष्ठ देशभर १०,८४३ पीसीआर परीक्षण गर्दा १,७९० जनामा कोरोना पुष्टि

देशभर १०,८४३ पीसीआर परीक्षण गर्दा १,७९० जनामा कोरोना पुष्टि

देशभर पछिल्लो २४ घण्टामा देशभर १० हजार ८ सय ४३ पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जनाएको छ । मन्त्रालयका अनुसार आज थप २ हजार ७ सय ९१ जना कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९ रहेको छ । जसमध्ये १७ हजार ८५९ जना आइसोलेसनमा र ६२७ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा १६ लाख ८१ हजार २ सय ९९ पीसीआर परीक्षण भएको छ । आज कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ । यसँगै देशभर ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु