गृहपृष्ठ अनैतिक सम्बन्ध थाहा पाएपछि बालिकाको हत्या

अनैतिक सम्बन्ध थाहा पाएपछि बालिकाको हत्या

anaitik-newskarobar सांकेतिक फाेटाे

 

काभ्रेको तेमाल गाँउपालीका १ आधाबाटोमा एक बालिकाको निर्ममतापूर्वक हत्या भएको छ । जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रहरी उपरिक्षक (एसपी) रबिराज खड्काले दिएको जानकारी अनुसार बुधबार राती ९ बर्षीय एलिसा तामाङको हत्या भएको हो ।

अनैतिक सम्बन्धको पोल खोल्ने डरले बारा जिल्ला घर भई तेमाल–१, आधाबाटोमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुरले ९ बर्षिया एलिसा तामाङको हत्या गरेका हुन् । मन्सुरले तामाङलाई बारीमा लगेर घाँटी थिचेर हत्या गरेका थिए । एलिसाले फुपुसँग २१ वर्षीय मन्सुरको अनैतिक सम्बन्ध देखेपछि पोल खुल्ने डरले हत्या गरेको प्रहरीले जनाएको छ ।

एसपी खड्काले अभियुक्त प्रहरीको नियन्त्रणमा रहेको र बाँकी अनुसन्धान भई रहेको बताएको छ । अभियुक्तलाई कर्तव्य जान सम्बन्धी मुद्धा चलाउने तयारी भएको पनि प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाले यस सम्बन्धी थप विवरण अनुसन्धानपछि प्राप्त हुने प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु