गृहपृष्ठ लागुऔषधसहित एक पक्राउ
लागुऔषधसहित एक पक्राउ
सांकेतिक तस्बिर
विराटनगरबाट आइतबार प्रहरीले लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर– १५, महेन्द्र चोकबाट लागु्औषधसहित सुनसरी धरानका १८ वर्षीय खेम रानामगरलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मगरको साथबाट प्रहरीले डाइजेल्याप १७ एम्पुल, लुपिजेसिक १७ एम्पुल र एभिल १८ एम्पुल बरामद गरेको छ । पक्राउ गरिएका रानामाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी निशान थापाले जानकारी दिए ।
प्रकाशित समय १८:११ बजे

















