गृहपृष्ठ पहिरोमा परी पर्वत र गोरखामा चारको मृत्यु

पहिरोमा परी पर्वत र गोरखामा चारको मृत्यु

jaljala-pahiro

 

गण्डकी प्रदेशअन्तर्गत गोरखा र पर्वतमा अविरल वर्षाको कारण पहिरामा परी चार जनाको मृत्यु भएको छ । गोरखाको शहीद लखन गाउँपालिका-६, घैरुङ अँधेरीस्थित नवराज कुँवरको चार कोठे घरमा माथिबाट आएको पहिरो घरभित्र पस्दा कोठामा सुतेका तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सोही ठाउँ बस्ने २० वर्षीया सरु कुँवर, मृतकको आठ महिने छोरो युनिक र बलबहादुर कुँवरको छोरी ११ वर्षीया प्रवीना रहेका छन् । त्यसैगरी, अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । माथिबाट पहिरो आएर स्थानीय बमबहादुर परियारको घर पुरिँदा १६ वर्षीय विकास परियारको मृत्यु भएको हो ।

(रासस)

प्रकाशित समय १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु