गृहपृष्ठ सेन्चुरी बैंकको सद्भावना दूतमा पारस र प्रतिभा

सेन्चुरी बैंकको सद्भावना दूतमा पारस र प्रतिभा

तस्बिर : रासस

 

सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई सद्भावना दूत घोषणा गरेको छ । बैंकले बुधबार एक कार्यक्रम आयोजना गरी पारस र प्रतिभालार्इ सद्भावना दूत घोषणा गरेको हो ।

सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले कप्तान खड्कालाई ब्याट र मालीलाई बल हस्तान्तरण गरे । नेपालका दुई ‘सुपरस्टार’लाई संस्थासँग आबद्ध गराउन पाउँदा संस्थाको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास सेन्चुरी बैंकले प्रकट गरेको छ ।

एक दिवसीय मान्यता पाएपछि पहिलो खेल खेल्न बिहीबार इंग्ल्याण्ड जान लागेका कप्तान खड्काले खेलकुद क्षेत्रको विकासमा व्यावसायिक प्रतिष्ठानको समर्थन महत्वपूर्ण हुने बताए । नेपाली भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी मालीले बैंकको प्रवर्धनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिइन् । बैंकले दुवै खेलाडीलाई एक वर्षका लागि अनुबन्ध गरेको हो ।

प्रकाशित समय १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु