गृहपृष्ठ सांसद गुरुङद्वारा मानव सेवा आश्रमलाई ३६ हजार सहयोग
सांसद गुरुङद्वारा मानव सेवा आश्रमलाई ३६ हजार सहयोग

गण्डकी प्रदेश सभा सदस्य तथा डीकेडीएस फाउन्डेसनकी संरक्षक मिना गुरुङले पोखराको मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेकी छन् । सांसद गुरुङले छोरा प्रजितकोे ३६औं जन्मदिनको अवसर पारेर बुधबार मानव सेवा आश्रमलाई ३६ हजार सहयोग गरेकी हुन् ।
आश्रमलाई चेक हस्तान्तरण गर्दै सांसद गुरुङले असहाय व्यक्तिको सेवा गर्न पाउँदा निकै खुसी लागेको बताइन् । ‘विश्वका धेरै मुलुक गरिबी र भोकमरिबाट गुज्रिरहेको अवस्था छ,’ उनले भनिन्, ‘वर्गीय विभेद र भोकमरीको समस्यासमेत थपिएको हुँदा सबैले सकेजति सहयोग गर्नुपर्छ ।’
आश्रमका सञ्चालक होमनाथ तिमिल्सिनाले सडकपेटीमा समेत बस्न नसक्ने अवस्था भएकालाई जीवन जिउन सबैको सहयोगको खाँचो रहेको बताए । आश्रममा ४५ जना वृद्धवृद्धा तथा अपांगता भएकाहरु बस्दै आएका छन् ।
प्रकाशित समय १६:३८ बजे