गृहपृष्ठ प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

pakraau.newskarobar सांकेतिक तस्बिर

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना युवालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपाल भित्र्र्याउँदै गरिएका विभिन्न प्रकारका लागुऔषधसहित उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुर नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा कास्कीको पोखरा महानगरपालिका–४ बस्ने १८ वर्षीय सुवास गुरुङ, सोही स्थानका १७ वर्षीय जीतबहादुर मगर र पश्चिम नवलपरासी बर्दघाट–५ का १८ वर्षीय दीपक दर्जी रहेका छन् ।

उनीहरुको साथबाट नेप्सन १८० फाइल, नोफिन एउटा, डाइजेपाम एउटा र फेनेरागन एउटासमेत बरामद गरिएको छ । सशस्त्र प्रहरी अस्थायी पोष्ट त्रिवेणी र इलाका प्रहरी कार्यालय त्रिवेणीको संयुक्त सुरक्षा टोलीले लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पछिल्लो समय भारतसँग सिमाना जोडिएको नवलपरासीको बाटो हुँदै लागुऔषधको व्यापक कारोबार हुने गरेको देखिएको छ ।

पछिल्लो केही महिनायता भारतीय बजारबाट खरिद गरी नेपाल भित्र्याएका ठूला परिमाणमा लागुऔषध नवलपरासीको सिमानामा बरामद हुन थालेपछि लागुऔषध नियन्त्रण गर्न सुरक्षा चुनौती देखा परेको हो ।

प्रकाशित समय २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु