गृहपृष्ठ अबदेखि सिकलसेल एनिमियाको निःशुल्क जाँच

अबदेखि सिकलसेल एनिमियाको निःशुल्क जाँच

bheri-zonal-hospital

नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालले विशेषतः थारु समुदायमा हुने सिकलसेल एनिमियाको निःशुल्क परीक्षण शुरु गरेको छ ।

अस्पतालले यसअघि सिकलसेल परीक्षणका लागि प्रतिव्यक्ति एक हजार शुल्क लिँदै आएको थियो । सिकलसेल एनिमियाका कारण बिरामी र तिनका परिवारको आर्थिक अवस्थालाई ख्याल गरेर निःशुल्क जाँचको व्यवस्था मिलाइएको अस्पताल प्रमुख डा. प्रकाशबहादुर थापाले बताए ।

यसअघि अस्पतालले सिकलसेल एनिमिया भएका बिरामीलाई प्रतिव्यक्ति एक लाख बराबरको निःशुल्क उपचार सेवा दिँदै आएको थियो ।

प्रकाशित समय २०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु