गृहपृष्ठ उदयपुरको बेलकामा शनिबार विद्युत अवरूद्ध हुने

उदयपुरको बेलकामा शनिबार विद्युत अवरूद्ध हुने

bidhhut-newskarobar

 

उदयपुरको बेलका नगरपालिका–४ मा शनिबार दिनभर विद्युत अवरूद्ध हुने भएको छ । बलार्थ सब-स्टेसनमा लाइन मर्मत गर्नका लागि भन्दै बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत अवरूद्ध गर्न लागिएको हो ।

ठोक्सिला ग्रामीण विद्युत विकास केन्द्रले सूचना जारी गरी शनिबार १२ घण्टा लोडसेडिङ हुने जानकारी गराएको छ । केन्द्रले यसबाट पर्ने असुविधाप्रति क्षमायाचनासमेत गरेको छ। दिनभर लोडसेडिङ हुने भएपछि बेलका-४ को विद्युतीय माध्यमबाट हुने सम्पूर्ण काम-कारबाही प्रभावित हुने भएको छ ।

प्रकाशित समय २१:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु