गृहपृष्ठ धनुषामा आज निजी विद्यालय बन्द

धनुषामा आज निजी विद्यालय बन्द

धनुषामा मोटरसाइकल दुर्घटनामा परी श्री जनज्योति बोर्डिङ स्कुलका प्रधानाध्यापक प्रेमचन्द्र यादवको मृत्यु भएपछि निजी विद्यालय बन्द गरिएको छ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४, पुष्पवलपुरमा बोलबमका यात्रुलाई जोगाउन खोज्दा मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा प्रधानाध्यापक यादवको मृत्यु भएपछि शोकमा धनुषाका निजी विद्यालय बन्द गरिएको हो । एनप्याब्सन जिल्ला सदस्यसमेत रहेका यादवको शोकमा सबै निजी विद्यालय आज बन्द गर्ने निर्णय भएको प्याब्सन धनुषा अध्यक्ष विश्वलाल सिंहले जानकारी दिए ।

मृतक यादवको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु