गृहपृष्ठ म्यान्चेस्टर सिटीकोे विजयी सुरुवात
म्यान्चेस्टर सिटीकोे विजयी सुरुवात
लिभरपुलले वेष्टह्याम यूनाइटेडलाई ४–० ले हरायो
इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यान्चेस्टर सिटीले विजयी सुरुवात गरेको छ । साविक विजेता सिटीले आर्सनललाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । गएराति भएको खेलमा सिटीका लागि राहिम स्टर्लीङ र बर्नार्डो सिल्भाले एक एक गोल गरका थिए ।
आर्सनल आफ्नै मैदानमा सिटीसँग पराजित भएको हो । त्यस्तै अन्य खेलमा लिभरपुलले वेष्टह्याम यूनाइटेडलाई ४–० ले पराजित ग¥यो । लिभरपुलका लागि सादियो मानेले २ र मोहम्मद सलाह र डानियल स्टरीजले १–१ गोल गरे । साउथह्यानम्पटन र बर्नलले भने बराबरी खेलेका छन् ।
प्रकाशित समय ०८:३६ बजे

















