गृहपृष्ठ जनताको मुहारमा खुशी झल्कने गरी विकास गरिनेःमुख्यमन्त्री राई

जनताको मुहारमा खुशी झल्कने गरी विकास गरिनेःमुख्यमन्त्री राई

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले जनताको मुहारमा खुशी झल्कने गरी विकास निर्माणका योजना अघि बढाईने वताएका छन् । प्रदेश एक भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा विराटनगरमा आइतबारदेखि शुरु भएको आर्थिक वर्ष २०७५÷७६ को दोश्रो चौमासिक प्रगति समीक्षा वैठकलाई संवोधन गदै उनले जनतालाई केन्द्र विन्दु मानेर प्रतिफल आउनेगरी विकास निर्माणका योजना वनाउनुपर्नेमा जोड दिएका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेबारीसमेत समाल्हेका मुख्यमन्त्री राईले विगतमा वनेका कतिपय योजना कागजमा मात्र सीमित हुने गरेकाले समयमा काम सम्पन्न हुने र त्यसको प्रतिफल जनताले पाउने खालको योजना वनाउनु आवश्यक रहेको बताए ।
उनले प्रदेशमा भईरहेको विकास निर्माणकालागि प्रदेश सरकारले अधिकार सम्पन्न अनुुगमन समिति गठन गर्न लागेको समेत वताए । उनले प्रदेश सरकारले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणका विषयमा कुनै ढिलासुस्ती हुन नदिने बताए ।
दुई दिनसम्म चल्ने वैठकमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश योजना आयोग तथा विभिन्न प्रदेश कार्यालयका प्रमुख तथा इन्जिनियरहरुको सहभागिता छ ।

प्रकाशित समय १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु