गृहपृष्ठ बुटवल–पोखरा, निस्ठुरी हाम्रो को छ र? …
बुटवल–पोखरा, निस्ठुरी हाम्रो को छ र? …
बुटवलमा कन्दराको कन्सर्ट
लोकपप ब्याण्ड कन्दराले बुटवलबासीलाई आइतबार नचाएको छ । बुटवल मण्डपमा भएको कार्यक्रममा कन्दराले आफनो पुरानो चर्चित गित ‘बिदेसिएर गइन् उनी मलाई छोडेर…’ बाट शुभारम्भ गरेको थियो ।
विवेकले आफनो रक पप गित ‘हङकङको बजार डुली…’ गित गाए । विवेकले लगातार ‘सांग्रिलाको लेकभरि फुलैफुलको बासना…’, ‘चन्चले कान्छीको जोबन…’, ‘तगारोमा रुमाल राखी…’, ‘चन्द्राकोटकी नानी…’ लगायतका गीत गाए ।
एकाएक उनले रिमेक लयमा ‘बल्लबल्ल भेट भाको दिन…, रेशम फिरिरि…, जाउँ है पोखरा…’, ‘नशा लागिरहेछ….’ ले सुस्ताएका दर्शकलाई तताउन पुगे । उनले पप गितमा मादल र सारंगीको संगित भरेको ‘लेकाली हे हे चोयाको डोको… ’, ‘लेककी हे माया मोहनी…’ गित गाएर दर्शक नचाए । अन्तिममा कन्दराको सबैभन्दा चर्चित ‘हिउँ त होईन फापरको डंगुर…’ संगै आफनो प्रस्तुतिबाट विदा लिएको थियो ।
बुटवलमा तामरिङ्ग म्युजिक सेन्टर र बुटवल युवा परिवारले कार्यक्रम ब्यवस्थापन गरेको हो । स्थानिय अमध्ये ब्याण्डले आफनो प्रस्तुतिमार्फत शुरुवात गरेको थियो ।
तोकिएको समयभन्दा केही ढिला शुरु भएको कन्सर्टमा रात बढ्दै जाँदा दर्शकको संख्या पनि बढ्दै गयो । कन्दरा स्थापनाको रजत वर्षको अवसरमा प्रदेश ५ बाट नेपाल आईस प्रादेशिक संगितमय यात्रा बुटवलमा उद्घाटन भएको हो । नेपाल आईडल सिजन २ का अमित बरालले चर्चित गित ‘सुन साईली…, टुङनाको धुनमा…, तानसेन घमाईलो…, विदेशमा रहेका युवालाई स्वदेश फर्कन आग्रह गर्ने देशभक्त पंन्क्षी गित गाएका थिए ।
प्रकाशित समय १९:४७ बजे

















