गृहपृष्ठ सडक विस्तारका क्रममा रंगेलीको मुख्य बजार भत्किने
सडक विस्तारका क्रममा रंगेलीको मुख्य बजार भत्किने
मोरङको पूरानो सदरमुकाम रंगेलीको बजारमा रहेको मुख्य हुलाकी राजमार्गको सडक बिस्तार हुने भएको छ । सडक विस्तार हुने भएपछि स्थानीय खुशी भएका छन् ।
हुलाकी राजमार्ग निर्देशनालयले सडक बिस्तारका लागि रंगेली नगरपालिकाको सिमाक्षेत्रभित्र रहेको संरचनाहरु हटाउन पत्राचार गरेपछि रंगेली वजार भत्कने भएको हो ।
डिभिजन सडक कार्यलय बिराटनगरले गत बर्ष नै सडक ऐन वमोजिम सडक सिमा निर्धारण गरि बिराटनगर रंगेली उर्लाबारी क्षेत्रलाई सहायक मार्गको रुपमा सडकलाई फराकिलो पार्न १५–१५ मिटर र ६–६ मिटर सेटव्याक निर्माण गर्न तोकेपछि नगरपालिकाको कार्यपालिकाको बैठकले शुक्रबार आफ्नो क्षेत्रमा पर्ने ४.९ किलोमिटर सडकको कोल्डस्टोरदेखि मधुवनी चोकसम्मको दायाँबायाँ रहेका घरहरुमा चिन्ह लागउने काम सुरु गरेको छ ।
सोहि क्रममा चिन्ह लगाएपछि घरधनीहरुलाई घर टहरा हटाउन परिपत्रसमेत गरेको छ । यस्तै ५ स्थानीयले घरटहरा हटाउन दिएको परिपत्र नबुझेपछि मुचुल्का गरी उक्त घरमा सुचनासमेत टाँस गरिएको छ ।
मेचीको बिच भागमा पर्ने ठाउँ भएको हुनाले १९४५ मा मोरङको सदरमुकाम रंगेली कायम गरिएको थियोे । त्यस बेलादेखि रंगेली चर्चामा आएको भएपनि सदरमुकाम हुनुअघि १९७२ देखि रंगेली सामान्य बजार र खरिदबिक्रीको केन्द्र बनेको थियो ।
१९४६ मा तत्कालीन प्रधानमन्त्री बीरशमशेरले सरदार कालिदास कोइरालालाई प्रथम बडाहाकिमको रुपमा रंगेली पठाउदा रंगेलीको विकासको थालनी भएको जानकारहरु बताउँछन् ।
१९४७ मा रंगेली अस्पताल स्थापना गरिएसँगै त्यसैगरी काठ महल, वन जाँच, अमिनि, माल, कचहरी, गोश्वारा, जेल स्थापना भएको थियोे । बिक्रम सम्वत १९७१ सालमा श्री ३ प्रधानमन्त्री चन्द्रशमशेरले रंगेलीबाट सम्पूर्ण सरकारी कार्यालय बिराटनगर सार्ने निर्णय गरेका थिए ।
प्रकाशित समय १७:३० बजे

















