गृहपृष्ठ छोरा नभएपछि धेरै सन्तान जन्माउन बाध्य
छोरा नभएपछि धेरै सन्तान जन्माउन बाध्य
सांकेतिक तस्बिर
झापा- कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी छिन् । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उनी चार सन्तानकी अामा भइसकिन् ।
सानै उमेरमा अभिभावकले विवाह गरिदिएपछि मण्डल उमेर नपुग्दै अामा बनिन् । त्यसमा पनि चार सन्तानलाई जन्म दिइसकेकी उनले पाँचौँ सन्तान पनि जन्माउनु पर्ने बाध्यता आइपरेको छ । यो बाध्यताको कारण हो, उनका चारै सन्तान छोरी हुनु ।
सीता त उदाहरण मात्रै हुनुहुन्छ । उहाँको जस्तै बाध्यता अन्यको पनि छ । मण्डल समुदायमा छोरीभन्दा छोराको चाहना बढी भएको स्वास्थ्य स्वयंसेविका सावित्रा बर्देवाले बताउछिन् । “यो समुदायमा छोरीको विवाह गर्दा धेरै खर्च लाग्छ”, उने भनीन्, “त्यसले गर्दा पनि छोरीभन्दा छोराको चाहना बढी छ ।”
छोराछोरी समान भन्ने कुरा व्यवहारमा लागू नहुँदा र छोरीलाई बोझ र छोरालाई भविष्यको पालनकर्ताको रुपमा हेरिनुले पनि महिला छोराकै लागि बढी सन्तान जन्माउन बाध्य भएको कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं बताउछिन् ।
-रासस
प्रकाशित समय १२:३२ बजे

















