गृहपृष्ठ स्वतन्त्र रुपमा मतदानका लागि आह्वान

स्वतन्त्र रुपमा मतदानका लागि आह्वान

एजेन्सी- कम्बोडियाका राजा नोरोडोम सिहामोन र प्रधानमन्त्री समदेच टेचो हुसेनले अगामी जुलाईमा हुन गइरहेको राष्ट्रिय निर्वाचनमा मतदान गर्नका लागि सर्वसाधारणलाई आह्वान गरेका छन् ।

यो पाँच वर्षमा एक पटक आफ्नो नेता छान्ने अवसर भएको उनीहरूले बताएका छन् । दक्षिणपश्चिमी एशियाली राष्ट्र कम्बोडियाको संसदमा प्रतिनिधित्व गर्ने १२५ सिटका लागि आगामी २९ जुलाइमा आमनिर्वाचन हुन लागेको हो ।

निर्वाचनमा स्वतन्त्रपूर्वक र विना डर बहुदलीय प्रजातान्त्रिक प्रणालीअन्तर्गत मतदान गर्न सकिने व्यवस्था मिलाइएको उनीहरूकाे भनाई छ । त्यसकारण मतदाताले कुनै पनि राजनीतिक दलको दबाब र डर त्रासको सामना गर्नु नपर्ने पनि उनीहरूले बताए । मतदाताले आफ्नो स्वविवेक प्रयोग गरी आफ्ना सांसद छान्न पाउने उनीहरूकाे भनार्इ रहेकाे थियाे ।

उता प्रधानमन्त्री समदेच टचो हुसेनले भने दक्षिणपूर्वी कम्बोडियाली प्रान्त कामयोङमा करिब २२ हजार मजदुरलाई सम्बोधन गर्दै शासनसत्तामा रहेको ‘कम्बोडियन पिपुल्स पार्टी’ लाई मतदान गर्न आग्रह गरेका थिए ।

-रासस/सिन्ह्वा

प्रकाशित समय १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु