गृहपृष्ठ मंगलबारदेखि विराटनगर ‘लकडाउन’ गर्ने निर्णय
मंगलबारदेखि विराटनगर ‘लकडाउन’ गर्ने निर्णय
कोरोना भाइरसको संक्रमण हुन नदिन विराटनगर महानगरपालिका चैत ११ गतेदेखि ‘लकडाउन’ गरिने भएको छ । मेयर भिम पराजुलीले सोमबार पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी गराएका हुन् ।
यस अवधिमा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने महानगरले जनाएको छ । यसका साथै सर्वसाधारणलाई घरबाहिर ननिस्कन पनि आव्हान गरिएको छ । ‘यो विराटनगर महानगरको लकडाउन हैन, सम्पूर्ण जनताको लकडाउन हो । आफ्नो स्वास्थ्यको लागि सबै क्षेत्र बन्द गर्न लागिएको हो,’ मेयर पराजुलीले भने ।
भारतीय सीमानजिक रहेको विराटनगर कोरोना संक्रमणको उच्च जोखिममा रहँदै आएको छ ।
महानगरले जारी गरेको सूचना :

प्रकाशित समय १६:२३ बजे

















