गृहपृष्ठ मोरङ जिल्ला अदालतका ६० प्रतिशत मुद्दा फछ्र्यौट

मोरङ जिल्ला अदालतका ६० प्रतिशत मुद्दा फछ्र्यौट

jill-adalat-biratnagar newskarobar

मोरङ जिल्ला अदालतले चालू आर्थिक वर्षमा ६० प्रतिशत मुद्दा फैसला गरेको छ । जिल्ला अदालत मोरङमा पत्रकार सम्मेलन गर्दै मुख्य न्यायाधीश राजुकुमार खतिवडाले ६ हजार ४ सय ७३ वटा मुद्दामा ३ हजार ८ सय ९४ फैसला भएको जानकारी दिए ।

एक वर्षको अवधीमा चार हजार २ सय ६० नयाँ मुद्दा र जिम्मेवारी सरी आएका २ हजार २ सय १३ सहित ६ हजार ४ सय ७३ मुद्दा फैसला गरिएको छ । हाल अदालतमा १८ महिना नाघेका २ सय ४२ मुद्दा र ९३ थुनुवा मुद्दा छन् । अदालतका श्रेस्तेदार नवराज दुलालले प्रकृतिअनुसार सबैभन्दा बढी मुद्दा अंश र सम्पत्तिसँग सम्बन्धित भएको बताए ।

प्रकाशित समय १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु