गृहपृष्ठ ‘विराट जुत्ता चप्पल व्यापार मेला-२०७५’ मा ग्राहको उल्लेख्य भीड

‘विराट जुत्ता चप्पल व्यापार मेला-२०७५’ मा ग्राहको उल्लेख्य भीड

birat jutta chappal newskarobar

‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो मूल अभियान’ भन्ने नाराका साथ विराटनगरमा गत माघ ९ गतेदेखी सुरु विराट जुत्ता चप्पल मेला-२०७५ मा ग्राहकको आकर्षण दिनानुदिन बढ्दै गएको छ । विराटनगर-७ मेनरोडस्थित बैंक अफ काठमाडौंको अगाडि खाली स्थानमा जारी १ महिने मेलामा जुत्ता चप्पल किन्ने ग्राहकको ओइरो लागेको हो ।

बजारका तुलनामा मेलाका अबसरमा तुलनात्मक रुपमा जुत्ता चप्पल सस्तो पाइएपछि दिनानुदिन ग्राहकको संख्या बढ्दै गएको हो । मेलामा दैनिक विराटनगर लगायत आसपासका गाउँ तथा नगरपालिकाहरुबाट ग्राहकहरुका स्वदेशी जुत्ता चप्पल किन्नका लागि आउने गरेको आयोजकले जनाएको छ ।

माघ ९ गते दिउँसोबाट सुरु भएको मेलामा हाल सम्म ६५ हजार भन्दा बढीले अबलोकन गरेको आयोजकले जनाएको छ । मेलामा अबलोकनका लागि आएका ग्राहकहरुले मेलामा बजारमा भन्दा निकै सस्तो मुल्यमा जुत्ता चप्पल पाईएको बताएका छन् ।

विराटनगरमा राजीव चौधरीले मेलामा विषेश छुट सहित सस्तो मूल्यमा जुत्ता चप्पल पाएको बताए । त्यस्तै विराटनगर-२ की पुनम श्रेष्ठ तिम्सीनाले पनि मेलामा जुत्ता चप्पल सोचे भन्दा सस्तो रहेको बताइन् । उनले बजारका पशलहरुमा बेच्न राखिएका जुत्ता चप्पल भन्दा मेलामा अपत्यारिलो सस्तो लागेको अनुभव सुनाइन् ।

मेलामा स्टल राखेका विभिन्न कम्पनीहरुले मेलामा ग्राहकको सहभागिता राम्रो रहेको बताएका छन् । बिएफ डियर हिल सुजका व्यवस्थापक गोबिन्दप्रसाद घिमिरेले मेलामा ग्राहकको उपस्थिती र विक्रि सोचे अनुरुप भएको बताए । उनले मेलामा ग्राहक स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ र छुटको अबसर लिनुपर्छ भन्ने मनासायका साथ आउने गरेको बताए ।

मेला संयोजक होमनाथ उपाध्यायले मेलामा ग्राहक उपभोक्ता आउने क्रम दिनदिनै बढिरहेको बताए । उनले हालसम्म ६५ हजार बढीले मेला अबलोकन गरेको जानकारी दिए । उनले मेलामा हाल सम्म ६५ लाख रुपैयाँ बढीको कारोबार भएको बताए । निःशुल्करूपमा प्रवेश रहेको मेलामा जुत्ता-चप्पल खरिद गर्ने ग्राहकलाई १५ देखि ६० प्रतिशतसम्म छुट दिईएको र प्रत्येक २ घण्टामा मोवाइल उपहार पर्ने बताए ।

उनले उपहारमा एलइडी टिभि समेत थप गरिएको बताए । उनले मेलामा विएफ डियर हिल, रन सुज्, क्रस रोड, म्याजिक, सु ल्याण्ड र कोसेली सुजका स्पोर्टस्, क्याजुअल, हवाई चप्पल र बेल्ट बिक्रीमा राखिएको जानकारी दिए ।

मेला करीब २ लाखले अवलोकन गर्ने अपेक्षाका गरिएको आयोजकले जनाएको छ । मेलामा स्वदेशी ८ वटा उद्योगका स्टलहरुराखिएको छ । मेलाको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले एक समारोहका बिच उद्घाटन गरेका थिए ।

प्रकाशित समय १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु