गृहपृष्ठ प्रदेश २ : स्थगित एसइईको नयाँ तालिका सार्वजनिक
प्रदेश २ : स्थगित एसइईको नयाँ तालिका सार्वजनिक
प्रदेश २ मा एसइईको नयाँ तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा वोर्डले सोमबार सूचना निकालेर बाँकी परीक्षाहरु यही चैत्र २२ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको हो । २२ गते अनिवार्य विज्ञान, २३ गते अनिवार्य सामाजिक शिक्षा, २४ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको परीक्षा सञ्चालन गरिने बोर्डको तालिकामा उल्लेख छ । २५ गते ऐच्छिक प्रथम र २६ गतेका लागि ऐच्छिक द्वितीयको परीक्षा तोकिएको छ । बाँकी तीन दिन भने प्राविधिकतर्फको परीक्षा हुने बोर्डले जनाएको छ ।
यसअघि अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी र अनिवार्य गणितको परीक्षा सम्पन्न भएको छ भने अन्य विषयको प्रश्नपत्र लगातार बाहिरिएपछि परीक्षा रद्द गरि स्थगित गरिएको थियो ।
प्रकाशित समय १४:२० बजे

















