गृहपृष्ठ हावाहुरीमा घाइते भएकाको उपचारमा कुनै कमी हुन्न : स्वास्थ्य मन्त्रालय

हावाहुरीमा घाइते भएकाको उपचारमा कुनै कमी हुन्न : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले यो घटनामा घाइते हुनेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।

सोमबार दिउँसो काठमाण्डौमा पत्रकार सम्मेलन गरी उहाँले घटनामा परी ४ सय ३ जना घाइते भएको र त्यसमध्ये गम्भीर घाइते ७ जनाको काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको पनि बताए ।

आइतबार साँझ आएको हावाहुरीमा परी बारा र पर्सामा ठूलो धनजनको क्षति भएको थियो । यो घटनामा घाइते भएकाहरुको उपचारका लागि हेटौँडा र चितवनका चिकित्सकहरुको टोली पनि परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

घाइतेहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रबाट पनि चिकित्सकहरुको टोली घटनास्थलतर्फ पठाएको छ । प्रवक्ता श्रेष्ठले घाइतेहरुको बारा र पर्साका विभिन्न ७ वटा अस्पतालहरुमा उपचार भैरहेको पनि बताए । काठमाडौं ल्याइएका घाइतेहरुमध्ये २ जनाको अवस्था जटिल रहेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित समय १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु