गृहपृष्ठ घुस लिएको आरोपमा शाखा अधिकृत पक्राउ

घुस लिएको आरोपमा शाखा अधिकृत पक्राउ

सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेशप्रसाद दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

अख्तियारको सम्पर्क कार्यालयका अनुसार दास सवार बा ६ च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा ५० हजार रुपैयाँ फेला पारिएको थियो । सर्लाहीस्थित जिल्ला अदालत अगाडि चोकबाट नियन्त्रणमा लिइएका दासलाई बर्दिबास ल्याएर थप अनुसन्धान हुने अख्तियारले जनाएको छ ।

प्रकाशित समय १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु