गृहपृष्ठ गृहमन्त्रीको दाबी– सुनकाण्डमा कोही उम्किन पाउँदैनन्
गृहमन्त्रीको दाबी– सुनकाण्डमा कोही उम्किन पाउँदैनन्
काठमाडौं- विमानस्थल सुनकाण्ड सेलाउँदै गएको आशंकाबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार सुन तस्करीका ठूला माछानजिक पुगिसकिएको दाबी गरेका छन् । गृह मन्त्रालयको एक सय दिने कार्यप्रगतिबारे जानकारी दिन गराउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सुन तस्करीका ठूला माछाको पहिचान हुने अवस्थामा सरकार पुगिसकेको बताए ।
सरकार सुन तस्करको जालोनजिक पुगिसकेका बेला अनुसन्धान त्रुटिपूर्ण भएको भन्दै आएका अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भने, ‘हामी सुन तस्करीका ठूला माछानजिक पुगेका छौं, अनुसन्धान त्रुटिपूर्ण भन्नु त्यसैको छटपटाहट हो,’ उनले भने ।
सुन तस्करलाई बचाउन केही शक्ति लागिपरेको उनको दाबी छ । तर, कस्तो शक्ति सुन तस्करलार्इ बचाउन लागेको भन्नेबारे उनले खुलाएनन् । ‘अनुसन्धान सही दिशामा छ, गृहमन्त्रीले भने, ‘माछा मार्ने क्रम जारी छ, साना र मझौला माछा फेला परिसकेका छन्, अब ठूला माछा पनि छिट्टै फेला पर्नेछन् ।’
प्रकाशित समय १५:३९ बजे