गृहपृष्ठ २६ वर्षीया अनिषाले जन्माइन् तिम्ल्याहा सन्तान

२६ वर्षीया अनिषाले जन्माइन् तिम्ल्याहा सन्तान

जनकपुरधाम उपमहानगरपालिका– १ की २६ वर्षीया अनिषा जयसवालले बिहीबार तिम्ल्याहा शिशु जन्माएकी छन् । तिम्ल्याहामध्ये २ छोरी र एक छोरा रहेका छन् ।

बुधबार बिहान धनुषा अस्पताल भर्ना भएकी उनको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. वृजमोहन रजकले शल्यक्रिया गरेका थिए । आमा र बच्चाहरुको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार बच्चाहरुको तौल २ किलो, १ किलो ७ सय ग्राम र १ किलो ५ सय ग्राम रहेको छ । कम तौल भएकाले एउटा बच्चलाई एनआईसीयूमा राखिएको छ ।

प्रकाशित समय १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु