गृहपृष्ठ एनसेलले २१ अर्ब १० करोड तिर्नुपर्ने सर्वोच्चको फैसला, एक न्यायाधीशको फरक राय
एनसेलले २१ अर्ब १० करोड तिर्नुपर्ने सर्वोच्चको फैसला, एक न्यायाधीशको फरक राय
सर्वोच्च अदालतले एनसेल लाभकर विवादसम्बन्धी फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गरेको छ । पूर्णपाठमा पाँच न्यायाधीशमध्ये सुष्मालता माथेमाले फरक मत राखेकी छन् ।
तेजबहादुर केसीसहित ४ न्यायाधीशले एनसेल बिक्रीमा लाग्ने पुँजीगत लाभकरको जरिवाना मिनाहा गर्नेगरी समान राय दिएका छन् । फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै अब एनसेलले २१ अर्ब १० करोड ३९ लाख रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने भएकाे छ ।
ठूला करदाता कार्यालयले बैसाख ३ गते एनसेलले ३९ अर्ब रुपैयाँ कर तिर्न बाँकी रहेको भन्दै त्यो रकम ७ दिनभित्र बुझाउन पत्र लेखेको थियो । एनसेलले साे मिति सकिनु १ दिनअघि ९ बैसाखमा आफूमाथि लगाइएको कर उचित नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । साे रिटमा सर्वोच्चले कर कार्यालयको निर्णय बदर गरिदिएको थियो ।
प्रकाशित समय १६:३१ बजे

















