गृहपृष्ठ जबर्जस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ

राजविराज- बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना वृद्धलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्ने ६५ वर्षीय सिंहेश्वर पाण्डे रहेकको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । पाण्डेले बिहीबार सोही ठाउँ बस्ने १३ वर्षीया बालिकालाई भैंसी चराउन गएका बेला जबर्जस्ती करणी गरेको पीडितले आरोप लगाएका छन् ।
बालिकाको बुबाले इलाका प्रहरी कार्यालय भारदहमा जाहरी दर्ता गराइएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । (रासस)

प्रकाशित समय १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु