गृहपृष्ठ पर्वत समाजको च्यारिटी कार्यक्रममा ६५ लाख संकलन

पर्वत समाजको च्यारिटी कार्यक्रममा ६५ लाख संकलन

लन्डन- अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज युकेको व्यवस्थापन तथा सबै देशमा रहेका पर्वत समाजको समन्वयमा लन्डनमा जुन ३ मा भव्य रुपमा च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । समृद्ध पर्वत निर्माण गर्ने अभियानअन्तर्गत कार्यक्रम गरिएको हो । एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएकोमा च्यारिटी कार्यक्रमबाट लगभग ६५ लाख रूपैयाँ संकलन भएको समाजले जनाएको छ ।

पर्वतका सांसद पदम गिरी, सांसद लालकाजी गुरुङ, प्रदेश ४ का सांसद ललितकला गुरुङ, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण‘ सहित प्रवासमा रहेका पर्वतेली दाजुभाए दिदीबहिनी एकै थलोमा भेला भएर भव्य रुपमा च्यारिटी कार्यक्रममा युकेस्थित एआरएनए युके लगायत विभिन्न संघसंस्थाका अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थिति थियो ।

पर्वत जिल्लाका संघीय सांसद द्दय लालकाजी गुरुङ र पदम गिरी संयुक्त प्रमुख अथिति रहेको उक्त कार्यक्रममा अध्यक्ष पुरन गिरीको सभापतित्व र महासचिव गुणराज शर्माले सञ्चालन गरेका थिए भने कार्यक्रम संयोजक हितकाजी गुरुङले स्वागत मन्तब्य र संमक्षक अर्जुनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । प्रमुख अथिति एवं सांसद लालकाजी गुरुङले अब राजनीतिक दाउपेचभन्दा पनि विकासमा सबैजनाको एकमतो हुनुपर्ने बताए । पर्वतको विकासका लागि विदेशमा रहेका नेपालीहरुको चासो दिएर लन्डनमा बोलाएको भन्दै उनले खुसी व्यक्त गरे ।

प्रकाशित समय १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु