गृहपृष्ठ टेक्सासको तालमा पौडी खेल्दा एक नेपाली युवकको डुबेर मृत्यु

टेक्सासको तालमा पौडी खेल्दा एक नेपाली युवकको डुबेर मृत्यु

काठमाडौं- संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित लेविसभिल्ले तालमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ । काठमाडौं गोलढुंगाका २३ वर्षीय विवेक दाहालको सोमबार बेलुका साथीहरुसँग ताल किनारमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । विवेक चार वर्षअघि विद्यार्थी भिसामा अमेरिका गएका थिए । बियर पिएर पौडिन गएका विवेकको तालमा डुबेर मृत्यु भएको बताइएको छ ।

प्रकाशित समय १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु