गृहपृष्ठ सामाजिक परिचालक १८ दिनदेखि आन्दोलनमा
सामाजिक परिचालक १८ दिनदेखि आन्दोलनमा
प्रहरीद्वारा ४२ सामाजिक परिचालक पक्राउ
प्रदेश २ का अवकाश प्राप्त सामाजिक परिचालकहरु १८ दिनदेखि आन्दोलन गर्दै आएका छन् । आन्दोलन लम्बिँदै जाँदा प्रहरीले सामाजिक परिचालकहरुलाई पक्राउ गर्न थालेको छ ।
आन्दोलनमा लागेका ४२ जना सामाजिक परिचालकहरुलाई प्रहरीले पक्राउ गरेको सामाजिक परिचालक संघर्ष समितिका अध्यक्ष शिवशंकर मेहताले बताए । स्थानीय तहमा समायोजनको माग गर्दै प्रदेश २ का सामाजिक परिचालकहरु लामो समयदेखी र्यालि मुख्यमन्त्रीको कार्यालय घेराउ, नाराजुलुस, धर्नालगायतका आन्दोलन गर्दै आएका छन् । गत असारबाट हटाइएका सामाजिक परिचालकहरुले विभिन्न चरणको आन्दोलन गर्दै बिहिवार प्रदेशसभाको भवन अगाडि धर्ना दिइरहेका बेला प्रहरीले उनिहरुलाइ पक्राउ गरेको हो ।
प्रदेशका पर्सादेखि सप्तरीसम्मका सामाजिक परिचालकहरु जनकपुरमै जम्मा भई १८ दिनदेखि निरन्तर आन्दोलन गर्दै आएको संघर्ष समितिका अध्यक्ष मेहताले जानकारी दिए ।
प्रदेश २ मा ८ सय ५४ सामाजिक परिचालक छन् । अवकाश पाएका सामाजिक परिचालकहरुले स्थानीय तहमा तत्कालै कार्यालय सहयोगी पदमा जागीर पाउनु पर्ने माग राख्दै आएका छन् ।
प्रकाशित समय १६:५८ बजे

















