गृहपृष्ठ अझै पक्राउ भएनन् ८ महिने नाबालिकाका हत्यारा
अझै पक्राउ भएनन् ८ महिने नाबालिकाका हत्यारा
महाेत्तरीस्थित औरहीकी नाबालिका सोनाली चौधरीको अपहरणपछि हत्या भएकाे थियाे
नाबालिकाकाे अपहरणपछि हत्या भएपछि अान्दाेलित बनेका महाेत्तरीस्थित अाैरहीका महिला । तस्बिर : दीपेन्द्रप्रसाद सिंह/न्युज काराेबार
प्रदेश नं २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरी औरहीका ८ महिने बालिका सोनाली चौधरीको हत्याको घटनाले सिंगो प्रदेश नै स्तब्ध भएको बताएका छन् ।
शनिबार औरहीमा स्थानीयवासीसँगको छलफल कार्यक्रममा उनले बालिकाको हत्यामा संलग्न हुनेलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानूनअनुसार कारबाही गर्न महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीलाई निर्देशन दिए ।
राज्यमन्त्री शर्माले उक्त घटनाको सत्य, तथ्य र निश्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न प्रदेश सरकार र स्थानीय प्रशासन गम्भीर रहेकाले आन्दोलनको स्वरुप परिवर्तन गरी अपराधी पक्राउ गर्नमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य जैइनुल राइन र जिल्ला समन्वय समितिका अध्यक्ष सुरेश सिंहले घटनाको अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन र छिटो भन्दा छिटो अपराधीलाई पक्राउ गरी विधिको शासन स्थापित गराउन स्थानीय प्रहरी प्रशासनलाई सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे ।
महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले उक्त घटनामा संलग्न हुनेको खोजी कार्यलाई प्रहरीले व्यापक बनाएको हुँदा चाडै नै अपराधी पक्राउ पर्ने विश्वास व्यक्त गरे ।
मृतकका बाबु सन्तोष चौधरीले छोरीको हत्या गर्ने अपराधी पक्राउ गर्नु नै आफ्नो लागि सबैभन्दा ठूलो उपहार हुने उल्लेख गरे ।
गत आइतबार महोत्तरीको औरहीबाट बालिका सोनालीलाई अपहरण गरी हत्या गरेको घटनालाई लिएर स्थानीयले प्रदर्शन गर्दै विगत पाँच दिनदेखि औरही बजार बन्द गराएका छन् । रासस ।
याे पनि पढ्नुहाेस ः
बालिका हत्याराको विरोधमा महोत्तरीको औरही बन्द
शिशु हत्याको विरोधमा महोत्तरीको गौशला बजार बन्द
महोत्तरी बजार बन्द, शिशुको हत्या भएको विरोधमा स्थानीय आन्दोलित
प्रकाशित समय १६:२६ बजे

















