गृहपृष्ठ वीरगञ्ज महानगरकाे शिक्षा शाखाका अधिकृत घुससहित पक्राउ

वीरगञ्ज महानगरकाे शिक्षा शाखाका अधिकृत घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका दुई कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले महानगरपालिकाको शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशीभूषण साहलाई एक लाख घुस रकम सहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।

एक विद्यालय संचालनको लागि अनुमति दिने क्रममा उनीहरुले घुस लिएको बताइएको छ । पक्राउ परेका कर्मचारीमाथी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित समय १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु