गृहपृष्ठ चालककाे अान्दाेलनले यात्रुकाे विचल्ली

चालककाे अान्दाेलनले यात्रुकाे विचल्ली

dhangadi-newskarobar

तीन दिनदेखिको नेतृत्वविहिन चालकको आन्दोलनका कारण यात्रुको विच्चली भएको छ । आन्दोलनका कारण सात नम्बर प्रदेशका जिल्लामा कुनै पनि सवारिका साधन चलेका छैनन् ।

नयाँ मुलुकी संहितामा चालकको लापरबाही देखिएमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको विरोधमा यातायात मजदुरहरू हडतालमा उत्रिएका छन् । उनीहरूले असोज १ गतेदेखि सवारी चलाएका छैनन् ।

आन्दोलनका कारण गाडीहरू असोज १ गतेदेखि बसपार्कमा थन्क्याइएका छन् । तीन दिनदेखि लगातार सवारी साधन नचलाएपछि बिहीबार बिहान सुदूर पश्चिम यातायात व्यवसायी संघ धनगढीले समस्या समाधानका लागि पहल गरेको थियो ।

उक्त छलफलमा चालकसँगै यातायात समिति, संघसगठनका प्रतिनिधि सहभागी थिए । छलफलमा यातायात समिति र संघसगठनका प्रतिनिधिले समस्या समाधानका लागि वार्तामा आउन आग्रह गरेका थिए ।

तर, छलफलमा आन्दोलनको जिम्मेवारी कसैले पनि लिएनन् । आन्दोलनकारीको तर्फबाट पनि कोही बोलेनन् । छलफलबाट कुनै निष्कर्ष निस्किएन । तिन दिनदेखिको चालकको आन्दोलनका कारण यात्रुहरूको बिचल्ली भएको छ । उनीहरू धनगढीका होटलहरुमा बस्न बाध्य छन् ।

भारतबाट आएर गाडी नचल्दा धनगढीको होटेलमा बसिरहेका बाजुराका कर्ण जेठाराले समस्या भोग्नुपरेको गुनासो गरेका छन् । यात्रुहरुले भने समस्याको समाधान वार्ता मार्फत गर्दै यात्रुहरूलाई समस्यामा नपार्न आग्रह गरेका छन् ।

प्रकाशित समय १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु