गृहपृष्ठ ट्याक्टरको ठक्करबाट धनुषामा १ को मृत्यु एक गम्भीर घाइते

ट्याक्टरको ठक्करबाट धनुषामा १ को मृत्यु एक गम्भीर घाइते

Accident-_newskarobar

जनकपुर-ढल्केवर सडक खण्डअन्तर्गत मुजेलियामा ट्याक्टरले स्कुटिमा ठक्कर दिँदा एक जनाको घट्नास्थलमै मृत्यु भएको छ । उक्त घटनामा परी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० देविचौक बस्ने विश्वनाथ नायकका छोरा अन्दाजी ३० बर्षिय संदिप नायकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुजेलियाका इन्चार्ज सुरेन्द्र यादवले जानकारी दिए ।

उतरतर्फबाट जनकपुर आउँदै गरेको ज. २ त ११३ नम्बरको ट्याक्टरले हिरो होण्डा सोरुमको अगाडि मुजेलियातर्फ जाँदै गरेको ज. ९ प . ६१३३ नम्बरको स्कुटिलार्इ सोमबार विहान सवा ८ बजे ठक्कर दिएको थियो ।

स्कुटी चालक संदिप नायकको मृत्यु भएको र स्कुटीमा पछाडी सवार एक जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको नाम खुल्न सकेको छैन । घाइतेलाइ जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने मृतक नायकको शव पोष्ट्मार्ट्म गर्न अस्पतालमा राखिएको प्रहरिले जनाएको छ ।

ट्याक्टर चालक फरार रहेकाले खोजि कार्य भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित समय ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु