गृहपृष्ठ स्वास्थ्य राज्यमन्त्रीको अस्पतालमा लफडा, झडपमा एकजनाको आँखा फुट्यो
स्वास्थ्य राज्यमन्त्रीको अस्पतालमा लफडा, झडपमा एकजनाको आँखा फुट्यो
जनकपुरको जानकी हेल्थ केयर सेन्टरमा जन्मिएलगत्तै एक शिशुको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । बच्चाका अभिभावक र आफन्तले अस्पतालको लापरबाहीले नवजात शिशुको मृत्यु भएको बताएका छन् । बर्दिवास नगरपालिका १४ बस्ने सृजना देवी प्रसुतिका लागि जानकी हेल्थ केयर पुगेका थिए । डाक्टर नभएको बेलामा नर्सहरुले डेलेभरी गराउन खोज्दा शिशुको मृत्यु भएको हो । शिशुको मृत्युबारे अभिभावकले बुझ्न खोज्दा अस्पतालका एक्सरे टेक्निसियन आर्दश यादवले हातपात गरेर अस्पतालबाट बाहिर निकाल्न खोजेपछी विवाद भएको थियो । विवादकै क्रममा अस्पतालका बाउन्सरहरुले कुटपिट गरेको पीडित सृजनाका देवर अनुरागकुमार महतोले बताए ।
झडपमा परी पीडित सृजनाका काका ४० वर्षीय किशोरी महतोको आँखा फुटेको छ । उनको जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं तिलगंगा आँखा अस्पताल रेफर गरिएको छ । झड्पका क्रममा प्रहरीले पीडितका भाइ मोहन महतो र सरोज महतोलाई पक्राउ गरेको छ भने अस्पतालका एक्सरे टेक्निसियन आदर्श यादवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको छ । यता, अस्पतालका प्रशासन प्रमुख राजेश यादवले आफू खाना खान घर गएको बेला घट्ना भएको बताएका छन् । उक्त अस्पतालका सञ्चालक स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव हुन् ।
प्रकाशित समय १३:०५ बजे

















