गृहपृष्ठ देउवाको यो नै अन्तिम कार्यकाल हो : सुजाता कोईराला

देउवाको यो नै अन्तिम कार्यकाल हो : सुजाता कोईराला

विजय गच्छदारलाई उपसभापति बनाएकोप्रति आपत्ति

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको वर्तमान कार्यकाल अन्तिम भएको बताएकी छन् । अहिलेसम्म गुटको मात्र सभापति बनेको बताउँदै उनले सिंगो पार्टीको सभापति बन्नसमेत सुझाव दिईन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग नेतृ कोइरालाले यस्तो बताएकी हुन् । उनले भनिन, ‘सभापतिज्युको यो अन्तिम कार्यकाल हो, अब उहाँ गुटको होईन सिंगो पार्टीको सभापति बन्नुहोस् भन्ने सुझाव छ, उहाँले हामीसँग सल्लाह लिन किन डराउनुभएको हो ?’

मंगलबार नेता विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरिएकोप्रति समेत उनले असहमति जनाइन् । उनले भनिन, ‘सभापतिज्यूले उपसभापति मनोनित गर्नुभयो । तर, हामीसँग सल्लाह लिनुभएन् । सल्लाह लिएको भए राम्रो हुन्थ्यो ।’

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु